२ सय जना अट्ने अडोटोरियम हलको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको सोमबार उद्घाटन गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले हलको उद्घाटन गरे । आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

प्रतिक्रिया दिनुहोस