अर्घाखाँचीमा जिप दुर्घटना एकको मृत्यु, २ घाइते

असार १२, अर्घाखाँची : अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ। अर्घाखाँचीको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा सडकबाट करिब १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो।

३ जना यात्रु बोकेर गुडिरहेको जिप दुर्घटना हुँदा जिप चालक झबिन्द्र खत्री र अनिल जिसी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ता जनक रहेको अस्पतालले जनाएको छ। अहिले घाइतेको थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस