कागजपत्र नबिकरण गराउदा सवारी साधनमा संगीत रोयल्टी

दाङ ५,श्रावण ।सार्वजनिक यातायातका सवारी साधनलाई कागजपत्र नबिकरण गराउदा संगीत रोयल्टी बुझाउनु पर्ने भएको छ। संगीत रोयल्टी समाज नेपाल, प्रस्तोता समाज नेपाल र गीत उत्पादक समाज नेपालको सम्न्वयमा सार्वजनिक यातायातका सवारी साधनमा गित संगीत बजाए र सुने बापत बार्षिक रुपमा रोयल्टी बुझाउनु पर्ने भएको हो। उत्त रोयल्टी संकलन रकम श्रष्टा र श्रृजकहरुमा बितरण गरिने र हाल देशका विभन्न जिल्लाका ३० भन्दा बढी यातायात ब्यबस्था कार्यालयहरुमा रोयल्टी संकलन भइरहेको जानकारी संगीत रोयल्टी समाज नेपालले दिएको छ। यसैगरी भौतिक योजना तथा निर्माण मन्त्रालय र यातायात ब्यबस्थापन विभागले पत्राचार गरेपछि संगीत रोयल्टी संकलन गर्न दिईएको यातायात व्यवस्था कार्यालय राप्तीका कार्यालय प्रमुख चित्रलाल ढकालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस