सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण

काठमाडौं,६ साउन। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नवनिर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नवनिर्मित कोर्ट हस्तान्तरण गरेका हुन् ।

आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले अब आफ्नै कोर्टमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस