नेपाल कमजोर प्रतिद्वन्द्वी टिम कतारसँग ४ विकेटले पराजित

दाङ, ७ साउन । विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल कमजोर प्रतिद्वन्द्वी टिम कतारसँग ४ विकेटले पराजित भएको छ ।नेपालले २० ओभरमा आफ्नो सबै विकेट गुमाएर १२२ रन बनाए पछी १२३ रनको लक्ष्य सहित मैदानमा उत्रेको कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर विजयी भएको हो ।नेपालको लागि कप्तान पारस खड्काले १७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाएर आउट भए ।ज्ञानेन्द्र मल्लले २ चौका र १ छक्कासहित २३ रन बनाए ।सरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए ।दिपेन्द्रसिंह ऐरीले ३५ बलको सामना गर्दै १ चौका र १ छक्कासहित  ३४ रन बनाए ।सोमपाल कामीले १२ बलमा १ चौका सहित ११ रन बनाएर आउट भए सन्दिप लामिछानेले ५ बलमा १ चौका सहित ९ रन बनाएर आउट भए करण के सी ले ४ रन बनाएर आउट भए भने विनोद भण्डारी ३ रन बनाएर आउट भए बलिङमा नेपालको लागि नेपालका लागि सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करण केसीले १ विकेट लिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस