दाङमा विवाहित महिला बिदेशीने क्रम बढ्दै;एक बर्षमा पाँच सय महिलाहरु बिदेशीय 

देउखुरी ७ साउन । दाङमा विवाहित महिलाहरू विदेशीने क्रम बढेको छ । इलाका प्रशासन लमही शाखाबाट यस बर्ष ०७५/०७६ को असार मसान्त सम्मको तथ्यांकमा १८ सय ९९ जना व्यक्तिहरू बिदेशीयकाे तथ्यांक उल्लेख गरिएको छ । जस अन्तरगत ४ सय ९९ जना महिलाहरु राेजगारीको सिलसिलामा बिदेश गएका हुन् ।

स्वदेशमा केही राेजगारी नभएकोकाले याे सङ्ख्यामा गत बर्ष भन्दा महिलाहरु यस बर्ष बढी विदेशीयका हुन् । प्रशासन शाखा अधिकृत प्रेमबहादुर खवासका अनुसार महिलाहरु पनि बिदेशीने क्रम बढी रहेकाे भन्दै गत बर्ष २ सय जना महिलाहरु बिदेश गएकोमा यस बर्ष ०७५/०७६ मा ४ सय बढि विवाहित महिलाहरु बैदेशिक राेजगारीका सिलसिलामा बिदेश गएको बताए ।

महिलाहरु पुरुषबाट शोषण, दमन तथा समाजबाट पनि अपहेलित हुनुपर्ने क्रम बढ्दै गइरहेकाले महिलाहरुकाे अाकर्षण केन्द्र बिदेश बनेकाे हाे । बढि जसाे बिबाहित महिलाहरु खाडी मुलुकमा जाने गरेको भन्दै ४/५ जना महिलाहरुलाई भने घर तर्फ फर्काइएको उनले बताए ।

अबिबाहित महिला भने एकदमै कम मात्रामा खाडी मुलुक जाने गरेकाे भन्दै साेही अनुसार अनुसंधान गरि मात्रै पठाउने भएकाले साे सङ्ख्या भने निकै कम रहेकाे दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस