राप्ती शान्ति उधान(गणेशपुर पार्क)मा बिदाका दिनहरुमा घुम्न आउनेहरुकाे घुईचाे

                                                     
 दाङ , श्रावण ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ०७ गणेशपुरमा पर्ने राप्ती शान्ति उधानमा अहिले बिदाका दिन र फुर्सदको समय रमाइलो गरी  बिताउन आउने आन्तरिक  पर्यटकहरुकाे संख्यामा बृद्वि भएकाे छ । बि.संं२०५९ सालमा स्थापना भएकाे याे पार्क करिब १५ बिघा क्षेत्रफलमा रहेकाे छ ।
पार्क बजार क्षेत्रबाट टाढा रहेकाे हुदा शान्त एवंम मनाेरम वातावरण भएका कारण स्थानीय पर्यटकहरुकाे राेजाईमा पर्ने गएकाे पिक्निक मनाउन गएका रबिलाल भण्डारीले बताउनुभयाे ।

पार्कमा बाेटानिकल गार्डनका बाेटबिरुवाहरुकाे अवलोकन गर्न , चिडियाखानाका जनावरहरु अवलाेकन गर्न  र  विशेष गरी पिक्निक मनाउन सामुहिक रुपमा दैनिक जसाे १५० देखि २०० जना सम्म आउने गरेकाे र बिदाका दिनहरुमा भने ६०० देखि ८०० जना सम्मले पार्ककाे अवलाेकन गर्ने गरेकाेे राप्ती शान्ति उधान पार्कका अध्यक्ष डिल्ली राज भण्डारीले जानकारी दिनुभयाे ।

पार्कमा बच्चाहरुका निम्ति चिल्ड्रन पार्ककाेे पनि निर्माण भईसकेकाे जस्मा स्विमिङ पुल, राेटे पिङ लगायत बच्चाहरुले खेल्ने सामाग्री जडान भईसकेकाे र अब छिटै संचालनमा आउने अध्यक्ष भण्डारीले डेली न्युज बैंक संग जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस