कक्षा १२को परिक्षाको नतिजा सोमबार सार्बजनिक

काठमाण्डौ , श्रावण १४। बैसाख महिनामा सम्पन्न भएको कक्षा१२ को परिक्षाको नतिजा सोमबार सार्बजनिक भएको छ । परिक्षामा नियमित तर्फ २,९२,१५३ , ग्रेड बृद्घि तर्फ७८,७४४ र आंशिक तर्फ ५७,१७० बिद्मार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार सबैभन्दा धेरै परिक्षार्थीले २.१० देखी २.४०जिपिए प्राप्त गरेका छन। २.१० देखी २.४०जिपिए प्राप्त गर्ने बिद्मर्थीको संख्या ८६,२२७ रहेको छ।

३.६१ देखी ४.०० जिपिए प्राप्त गर्ने बिद्यार्थीको संख्या ३,०६७ जना , ३.२१ देखी ३.६०जिपिए १६,२०४ जना , २.८१ देखी ३.२०जिपिए ३१,०६० जना ,२.४१ देखी २.८०जिपिए ५६,५०३ जना, १.६१देखी २.०० जिपिए ६२,६१९जना ,१.२१ देखी १.६०जिपिए १९,५८५ जना, ०.८१ देखी १.२० जिपिए ३,५२४ जना र ०.०० देखी ०.८०जिपिए प्राप्त गर्ने बिद्यार्थीको संख्या१३,३६२ रहेको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस