कैलालीमा बाईक एकआपसमा ठोकीदा एकको मृत्यु

कैलाली,२२ श्रावण ।   कैलाली धनगढी–१३ राजपुर मैदामिल स्थित गए राती ८ः०० बजेको समयमा अत्तरिया तर्फबाट जादै गरेको से७प १४६८ नम्बरको बुलेट बाईक र बिपरित दिशातर्फ बाट आउदै गरेको से५प१४१८ नम्बरको बाईक एक आपसमा ठोकीदा से७प१४६८ नम्बरको बाईक अनियन्त्रीत भई ना७ख११५७ नम्बरको ट्रकमा ठोकीन गई दुर्घटना हुदा से७प१४६८ नम्बरको बुलेट बाईका चालक ध.उ.म.न.पा–०१ घर भएका २५ बर्षीय सुरज कँुवरको उपचारका क्रममा सेति अञ्चल अस्पतालमा मृत्यु भएको छ ।   

ना७ख११५७ नम्बरको ट्रक चालक र से७प१४६८ नम्बरको बाईक चालक प्रहरी नियन्त्रणमा रहेको र चालकको लाबरबाहीको कारण घटना भएको हुनसक्ने ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस