तुलसीपुरमा १३ बर्षीय एक किशोरीले गरिन आत्महत्या

दाङ, श्रावण २३। तुलसीपुर उपमहानगरपालिका–१२ क्वागी बस्ने जल बहादुर चौधरीकी १३ बर्षीय छोरी दिपिक्षा चौधरीले गहुमा किरा मार्न प्रयोग हुने सलफास नामक औषधी सेवन गरी आत्महत्या गरेकी छिन ।
सामान्य घरायसी बिबादका कारण आफ्नै घरमा करिब ५ः३० बजेको समयमा गहुमा किरा मार्न प्रयोग हुने सलफास नामक औषधी सेवन गरेको र उपचारको क्रममा बेलुका ७ः५० बजेको समयमा राप्ती लाईफ केयर अस्पतालमा मृत्यु भएको हो ।
शव लाई पोस्टमार्टमका लागी अहिले राप्ती प्रदेशिक अस्पतालको शवगृहमा राखेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस