बुढेसकालको साहारा बन्दै,खोलाको किनारा

सल्यान,३० साउन

खोलाको किनारबाट आएको आवाज अनि नजिकै बसेर गिट्टिको थुप्रोमाथी दैनिक जिवनलाई गुजार्ने मान्छे देख्न बितिकै जोकोहिले पनि झट्ट अनुमान लगाउन सक्छ,उनी अरु कोहि नभइ उनै बृद्ध मित्रलाल हुन भनेर ।उनको दैनिकि यसै गरी बिहानै छ बजे बाट सुरु हुन्छ र साँझ सुर्यास्त नहुन्ज्ेल सम्म निरन्तर चलीरहन्छ।बर्षले ७४ टेकेका मित्रलाल बिगत तीन वर्ष देखि शारदा नगरपालीका १२ सल्यानको सुकेखोलामा बालुवा तथा गिट्टि निकाल्दै र बेच्दै आइरहेका छन।उनी भन्छन “झण्डै पाँच वर्ष पहिले खुट्टा भाँचियो र उपचार गर्दा पन्ध्र लाख बराबर ऋण लाग्यो भएको पाँच रोपनी खेतपनि सकियो अझै छ सात लाख ऋण बाँकि छ छोराहरु दुइ भाई भए पनि बुढेसकालमा कुनै चासो र सोध्पुछ पनि गर्दैनन् त्यसैले ऋण तिर्न नसके पनि दिन गुजरा गर्नकै लागी यहि लौरीको सहारामा चल्छु”।

आखाँभरी आँसु ल्याउदै सँगै बसेकी ६८ वर्षिया उन्की श्रीमतीले थप्छीन “जति छोरा छोरी भएपनि बुढेसकालमा कोही पनि काम नलाग्नेरहेछन बुढाबुढी यसरी बस्नलागेको पनि १० वर्ष नै भइसक्यो कहिले काहिंत मरुकि जस्तो पनि हुन्छ ”।घाम पानी नभनी दिन भरी काम गरेपनि कहिले काहिँ त सामान भनेको समयमा नजाँदा दुःख लाग्ने गरको उनी बताउछन ।महिना भरी दुइजनाले काम गर्दा त्यस्तै पच्चिस सय देखि तीनहजार सम्म कमाउने गरेको उनीहरुको भनाइ छ ।जति कमाए पनि नुन तेल र चामल किन्न समेत धौधौ पर्ने उनीहरु बताउछन ।अन्य कुन कुन ठाउको सहयोग मिलेको छ, भन्ने प्रश्नमा उनी भन्छन “हाम्रो साहारा भनेका यीनै खोलाखाली हुन,हमी जस्तालाई कस्ले सहयोग गथ्र्योर ।त्यहि सरकारबाट पाईने भत्तासमेत भर्खर बाट मिलेको र समय कुर्नुपर्ने गरेको उन्को भनाइ रहेको छ” ।

प्रतिक्रिया दिनुहोस