प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, शुक्रबार बिहानदेखि नियमित भेटघाट : विष्णु रिमाल

 

काठमाडौं,३१साउन । प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य ठीक भएको जानकारी गराएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएको र शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने जनाएका छन् ।

बिहीबार बस्‍ने भनिएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको थियो । तर, बेलुका उनको स्वास्थ्यमा थप समस्या आएको र सिंगापुर लैजाने तयारी भएको भन्‍ने समाचारहरु आएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाकार रिमालले उक्त समाचारहरुको खण्डन गरेका छन् । रिमालले ट्विटमा लेखेका छन्, सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र बिहिबारको सचिवालय बैठक शुक्रबारआज बस्ने गरी स्थगित भएको थियो।रिमालले केही मिडियामा आएका अफवाहहरु निराधार भएको बताएका छन् । उनले थप लेखेका छन्, यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन् । प्रमको स्वास्थ्य ठीक छ । उहॉ शुक्रबारआज बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्‍न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस