डेली न्युज बैंक मिडियाकाे कार्यालयमा दिउसै लुटपाट

तुलसीपुर, ३२ श्रावण। डेली न्युज बैंक मिडिया तु.उ.म.न.पा-०९ दाेघरेकाेे कार्यालयमा बेलुका करिब ६:०० बजेकाे समयमा हातपात संगै लुटपाट समेत भएकाे छ।

डेली न्युज बैंक मिडियाकाे कार्यालय भित्र ४ जनाकाे समुुहमा आएका व्यत्तिहरुले संचालक डिल्ली बहादुर कामी माथि हातपात गरी, हेल्मेट समेत प्रहार गरी कार्यालयमा भएकाे  रु२,००,०००(दुई लाख) र मिडियामा प्रयाेग भईरहेकाे क्यान्न डिएसएलआर क्यामेरा समेत लुटपाट भएकाे छ।

दुईवटा बाईकमा आएका चार जना व्यत्तिहरु मध्ये तु.उ.म.न.पा-०८ अस्वरा बस्ने टेक बहादुर वली, ऐ.ऐ बस्ने लक्ष्मी भण्डारी, तु.उ.म.न.पा-०२ लाैबस्ता बस्ने निर्मल बस्नेत रहेका छन भने एक जनाकाे भने नाम खुलेकाे छैन ।

लुटपाटमा प्रयाेग भएका दुई वटा रा५प६७७ नम्बरकाे  डुक बाईक र अर्काे रा३प५९०२नम्बरकाे बुलेट बाईक प्रहरीको नियन्त्रणमा रहेकाे छ । लुटपाट पछि उनिहरु बाईक छाडी भागेका थिए।

लुटपाटमा संलग्नता रहेका व्यत्तिहरु याे भन्दा पहिला पनि यस्ता गतिबिधीमा संलग्न भईरहेकाे बताईएकाे छ। उनिहरु बिरुद्ध अहिले ईलाका प्रहरी कार्यालयमा निवेदन समेत पेश भईसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस