प्रदेश २ का अध्यक्ष प्रभु शाहले दिए पदबाट राजिनामा

काठमाडौं ३,भदौ।सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका हुन् ।

प्रदेश अध्यक्ष बनाइएका साह स्थायी कमिटिको दाबेदार मानिएका थिए । स्थायी कमिटिमा नपरेपछि साह असन्तुष्ट रहेको बताइन्छ ।

प्रदेश–२ अध्यक्ष भएपछि पनि भूमिकाविहीन समेत रहेका साहले आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस