रिपोर्टर्स कल्व दाङको आयोजनामा सवारी दुर्घटना न्युनीकरण कार्याक्रम संचालन

दाङ,३ भदौ। ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्व्यमा रिपोर्टर्स कल्व प्रदेश नं.५ प्रदेशिक कार्यालय तुलसीपुर दाङले आज सवारी दुर्घटना न्युनीकरण कार्यक्रम
आयोजना गरेको छ। चाडपर्ब नजिकीदै गर्दा दुर्घटनाको उच्च जोखिम हुने भएकोले सचेतना जगाउन हरेक बर्ष कार्यक्रमको आयोजना गरिदै आएको छ ।्कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी ,जनप्रतिनिधी, ट्राफिक प्रहरी,नागरिक समाज, यातायात ब्यवसायीका प्रतिनिधीहरु, पत्रकार लगायतसवारी चालकहरुकोउपस्थिती थियो ।


कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट वडा नं.५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रेम प्रशाद रेग्मी, पत्रकार महासंघमा केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, उद्योग बाणिज्य संघ तुलसीपुर दाङका उपाध्यक्ष ललित जंगशाह, त्रिशिदेश्वरी राप्ती यातायात प्रा.लिका अध्यक्ष शुरेश हमाल लगाएतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस