बिषालु सर्पको टोकाईबाट तुलसीपुरमा एक महिलाको मृत्यु

दाङ, ३ भदौ। दाङमा एक महिलाको बिषालु सर्पको टोकाईबाट ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–०२ कुहिरेपानी निवासी बर्ष ३१ कि बिर्शपति चौधरीको आज दिउसो अन्दाजी १२ः०० बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो ।
गएराती करिब २ बजे बिषालु सर्पले टोकेको र बिहान मात्र थाहा पाई राप्ती प्रदेशीक अस्पतालमा तुलसीपुर उपचारका लागि ल्याईएको थियो। राप्ती प्रदेशीक अस्पताले रेफर गरी कोहलपुर पठाईएको र उपचारका क्रममा अन्दाजी दिउसो १२ः०० बजेको समयमा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस