रबि लामिछाने लगाएत तिनै जनालाई दास्राे पटक फेरि पाँच दिनका लागि म्याद थप

चितवन, ३ भदाै। पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका संचारकर्मी रबी लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालतले पाँच दिनकाे म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिएकाे छ।

न्यायाधीश गाएत्री प्रशाद रेग्मीकाे एकल ईजलासले लामिछाने सहित तीन जनालाई दास्राे पटक मंगलवार पाँच दिन म्याद थपकाेे आदेश दिएकाे हाे गत ३१ गते शुक्रवार जिल्ला अदालत चितवनका न्यायाधीश बिनाेद कुमार गाैतमकाे एकल ईजलासले पहिलाे पटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएकाे थियाे ।

आज वादीका तर्फबाट न्याधिवत्ता यदु सर्माले बहस गर्नुभयाे भने प्रतिवादीका तर्फबाट अधिवत्ता सुनिल पाेख्रेल , सुसिल पन्त र चुडामणि गाैतमले बहस गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस