२४ दिनको अन्तरालमा एकै घरका दुई भाईको मृत्यु

दाङ ४ भदौ। घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित एकै घरका दुई भाईको २४ दिनको अन्तरालमा मृत्यु भएको छ । घोराही उ.म.न.पा १० नारायणपुर निवासी रुद्र वलीका दुई छोरा बर्ष २२को चन्द्र बहादुर वली र बर्ष२४को हेमराज वलीको २४दिनको अन्तरालमा मृत्यु भएको हो ।
दुबै भाई चन्द्र बहादुर वली र हेमराज वली घोराही स्थित वल्ड लिङ्क नेटको कम्पनीमा फिल्ड टेक्निसीएनको काम गर्दै आएका थिए ।
चन्द्र बहादुर वली गत श्रावण ९ गते लमही स्थित काम गर्ने क्रममा करेन्ट लागेपछि उपचारका लागि भैरहवा लगिएको थियो र उपचारका क्रममा सोही दिन उहाँको मृत्यु भएको हो । परिवारमा एउटा दुःख कम हुन नपाउदै गत श्रावण ३२गते चन्द्रको मृत्यु भएको २४ दिनपछि घोराही रतनपुर स्थित कामबाट फर्किदै गरेको भे१च१२१२ नम्बरको जिप दुर्घटनामा घाईते भई उपचारका क्रममा कोहलपुर शिक्षण अस्पतालमा चन्द्रका माईला दाई हेमराज वलीको पनि मृत्यु भएको छ । घटना पछि परिवार अहिले पुरै सोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस