तुलसीपुर कृष्ण मन्दिरमा कृष्ण जन्माअष्टमीकाे तयारी पुरा

दाङ, ५ भदाै। तुलसीपुर उ.म.न.पा०८ दुधेना स्थित रहेकाे श्री कृष्ण मन्दिरमा कृष्ण जन्माअष्टमीकाे तयारी पुर्ण रुपले पूरा भएकाे छ। हरेक बर्ष कृष्णजन्माअष्टमी धुमधामले मनाईने यस मन्दिरमा यस बर्षपनि तयारी धुमधामका साथ गरिएकाे हाे ।

कृष्णजन्माअष्टमीककृष्णजन्माअष्टमीका दिन भक्तजनहरुका लागि मन्दिरका तिनै वटा ढाेका बिहानै बाट खुल्ने बताईएकाे छ । उक्त दिन मन्दिरमा धार्मिक मेला महाेत्सव रहने, लाखे नाच प्रदर्शन, जुम्लाकाे धामी नाच प्रदर्शन, भजन कृत्न र कृष्ण लिला प्रदर्शन लगाएतका कार्यक्रमकाे आयाेजना गरिएकाे

मन्दिरमा भक्तजनहरुका लागि पुजाआजा गर्ने ब्यवस्था रहेकाे र प्राय महिलाहरु व्रत बस्ने भएकाले रिगाटा लाग्न सक्ने हुदा स्वास्थ्य परिक्षणकाे समेत ब्यवस्था रहेकाे आयाेजक समितिले जनाएकाे छ।

मन्दिर भाेलि बेलुका ८:००बजे सम्म खुला रहने र भदाै ७ गते लाखेहरुलाई नाच गान गराउदै रथ यात्रा परिक्रमा गराउने कार्यक्रम रहेकाे श्री कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष साेभाकर सापकाेटाले बताउनुभयाे ।

 

 

प्रतिक्रिया दिनुहोस