स्वदेशमै स्वरोजगार बन्न,चार युवाले गरे अढाई करोडको लागानी

सल्यान,८ भदौ। सल्यानमा २ करोड उन्साठ्ठि लाख बराबरको लागानीमा सावुन उद्योग संञ्चालनमा आएको छ । शारदा नगरपालिका वडा न.१ भगवती खोला निवासी प्रकाश बुढाथोकी, राम बहादुर बुढाथोकी, इन्द्र बहादुर बुढाथोकी र सल्यान घर भई हाल दाङग बस्दै आएका राज परियारले उक्त सावुन उधोग सञ्चालन गरेका हुन। शारदा नगरपालिका वडा १ श्रीनगरमा ग्लोबल लाईफ पि.आर सावुन नामको उद्योग संञ्चालनमा ल्याएको उनिहरुले बताए। आफ्नो सिप र क्षमता हुदाहुदै पनि बेरोजगारीका कारण नेपालि युवाहरु बिदेशी रहेको बेला स्वादेश मै स्वारोजगार बन्न केहि गर्नु पर्छ भनेर सामुहिक लगानीमा सावुन उद्योग संञ्चालनमा ल्याएको प्रकाश बुढाथोकिले बताए । उनले भने धेरै जोखिम हुदाहुदै पनि उद्योग संञ्चालनमा ल्याएको र यसलाई टिकाउन सबै सरोकार वाला ,व्यापारी र उपभेक्ता सबैको चिन्ता र चासोको बिषय बन्नु पर्ने बताए । हामिले आफुले लागानि गरे पनि उद्योग टिके पछि सल्यान कै गौरवको बिषय भएकाले स्थानिय उत्पादनलाई पहिलो प्रथामित्ता दिन सल्यान बासि सबै व्यापारी र उपभेक्तालाई उनले अनुरोध गरेका छन् । उनले भने सावुन उत्पादनको लागि प्रयोग हुने सबै कच्चा पदार्थ महङगो र बाहिर बाट ल्याउछौं तर पनि बाजारीकरणका लागि बाहिरको सवुन भन्दा गुणस्तरीय र सस्तोमा सावुन बजारमा पठाई रहेको उनीहरुले बताए । सावुन हामिलाई आवश्यक पर्ने चिज हो सावुनका लागि मात्र बर्षेनि सल्यानबाट करोडौं रुपैया बाहिर गाईरहेको छ यसलाई मात्र जिल्लामै लगानिको वातावरण बनाउना सके उद्योग टिकाउना कुनै कठिनाइ नहुने उनको भनाई छ । उनले थपे हामि अहिले नै लागानि उठाउने सोचमा छैनौं अहिले मार्केट बनाउने बेला हो , यसका लागि हामिले सल्यान जिल्ला संगसंगै बाहिरी जिल्ला दाङ, रोल्पा,रुकुम,जाजरकोट र सुर्खेत जिल्लामा मार्केट बिस्तार गर्दैछौं । ग्लोबल लाईफ पि.आर सावुन उद्योगमा वृन्दावन,सत्कर्म,नाना र परिपलर ब्रान्डका कपडा धुने सवुनहरु उत्पादन भईरहेका छन् । उद्योगमा हाललाई दैनिक ३ सय देखि ५ सय कार्टुन सम्म सावुन उत्पादन गर्ने सकिने उद्योगका संचालक राम बहादुर बुढाथोकीले बताए । उद्योग संचालनका लागि बजार बिस्तार संगै सावुनको माग बढे ४० देखि ५० जना सम्मलाई रोजगार समेत दिन सकिने उनहिरुले बताए ।

प्रतिक्रिया दिनुहोस