दृष्टिबिहिन एक जोडिलाई जस्तापाता बितरण

सल्यान,९ भदौ। सल्यानमा एक दृष्टिबिहिन जोडिलाइ जस्तापाता बितरण गरीएको छ ।सल्यान जिल्ला स्थिीत शारदा नगरपालीका १२ मुल्डाँडामा बस्दै आएका सुरबिर बिश्वकर्माको घर वर्षातका कारण जिर्न भएको र छानो चुहिने भएकोले जस्तापाता बितरण गरीएको हो ।शारदा नगरपालीका वडा न.१२ को २३००० आर्थीक सहयोगमा उनीहरुलाइ जस्तापाता बितरण गरीएको वडा अध्यक्ष दिपक कुमार हमालले बताउनु भयो ।

घरमा दुइभाई छोरा भएपनि दुबै जना छुटा भएको र आआफ्नो गरीखाने भएकोले उनीहरुको जिवन धान्न कठिन भएकाले घर बनाउने तर्फ आफुले केहि पनि सोच्न नसकेकोमा वडाको सहयोग प्रति आफु असाधै खुसि भएको उनीहरुको भनाइरहेको छ ।

बिश्वकर्माका जोडि मध्य श्रीमान पुर्णरुपमा दृष्टिबिहिन हुन भने,श्रीमती लठ्ठिको साहारमा एक्लै हिडडुल गर्न सक्छिन ।

प्रतिक्रिया दिनुहोस