पत्रकार रबि लामिछानेको रिहाईको माग गर्दै तुलसीपुरमा शान्तिपुर्ण र्यालीको आयोजना

दाङ, ९ भदाै।पुडासैनी अात्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवन हिरासतमा रहेका पत्रकार रबि लामिछानेकाे रिहाईकाे माग  गर्दै तुलसीपुरमा  अाज शान्तिपुर्ण र्यालीकाे अायाेजना गरिएकाे छ।

पत्रकार रबि लामिछाने समर्थकहरुले निष्पक्ष छानबिन गरि पत्रकार रबि लामिछानेकाे रिहाई माग गर्दैै र्यालीकाे  अायाेेेजना गरेकाेेे हो।

र्याली तुलसीपुरको वि.पि चोक, जेसिस चोक हुदै वि.पी चोकमै कोण सभामा परिणत भएको थियो। सभामा जनक खराल, धर्मराज वली, बिनोद न्यौपाने, दिपक धिताल, मधुसुधन के.सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार रबि लामिछानेका रिहाईका निम्ती संर्घष समिती गठन गरी थप कार्यक्रमको आयोजना गरिने स्थानिय नरेश बोहोराले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस