काेहलपुरबाट बस चढेका ब्यक्तिकाे राप्ती प्रदेशिक अस्पतालमा मृत्यु पहिचान हुन सकेन

दाङ, ११ भदाै । नेपालगंज बाट तुलसीपुर तर्फ अाउदै गरेकाे ना४ख ३०३ नम्बरकाे बसमा अाएका अन्दाजि ५०-५५ बर्षिय एक यात्रुकाे मृत्यु भएकाे छ। यात्राकाे  क्रममा अमिलिया नजिक पुग्दा  ब्यक्ति बेहाेस भएपछि  गाडि स्टाफहरुले रक्सी खाएकाे अाशंका गरेका थिए ।

तुलसीपुर पुगेपछि सबै यात्रु गाडीबाट झरेको र मृत्क नझरेपछि मृत्कलाई राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो उपचारका क्रममा ३ः३० बजेको समयमा उहाको मृत्यु भएको हो ।

मृत्ककाे साथबाट भारतिय अस्पतालकाे रिर्पाेटहरु र एक सेट माेबाईल पनि साथमा भेटिएको छ।

मृत्कको नाम र ठेगाना समेत खुलेको छैन। कोही आफन्त नआएपछि मृत्कको शब अहिले राप्ती प्रदेशिक अस्पतालको शब गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस