तिन पाङ्ग्रे अटो व्यवस्थापनका लागि बसेको यातायात प्रा.लिका पदाधिकारीहरु बैठक सम्पन्न

दाङ, १४ भदौ। तुलसीपुर उपमहानगपालिका भित्र चल्ने तिन पाङ्ग्रे अटो व्यवस्थापनका लागि मालिका कालिका यातायात प्रा.लि शाखा कार्यालयका अध्यक्ष दिलिप बि.कको अध्यक्षतामा मालिका कालिका यातायात प्रा.लि शाखा कार्यालयमा बैठक बसेको छ।  मालिका कालिका यातायात प्रा.लि शाखा कार्यालय, छहरा यातायात प्रा.लि र एकता यातायात प्रा. लिका पदाधिकारीहरुको आज बसेको संयुक्त बैठकले तिन पाङ्ग्रे अटोको ब्यवस्थापनको बिषयमा ब्यापक छलफल भएको छ ।
बैठकमा अस्तब्यस्त रहेका अटोहरुको ब्यवस्थापन, दुर्घटना न्युनिकरण र पार्किकका बिषयका छलफल भएको थियो।
बैठकमा दिलिप बि.क, गंगाराम वली, बेद प्रकाश वली, मोहन बि.क, छबि चौधरी, बिनय कुमार शर्मा, तारा प्रशाद अघिकारी, दिगम्बर सिंह भण्डारी, रोर्यस के.शी लगाएतको उपस्थिती थियो । बैठकमा उपस्थित सबैले आआफनो धारणा ब्यक्त गरेका थिए। तिनै वटा प्रा लिले अटो ब्यवसायीहरुको हक हितका निम्ती काम गर्ने प्रतिबद्घता समेत जनाएको छन ।
बैठकले  तुलसीपुर उपमहानगरपालिका,यातायात व्यवस्था कार्यालय, ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर संग समवन्य गरी आउदो भदौै २७ गते बिहान १०ः०० बजे बि.एस पाटी प्यालेस तुलसीपुरमा आमभेला गर्ने निर्णय गरेको मालिका कालिका यातायात प्रा.लि शाखा कार्यालयका अध्यक्ष दिलिप बि.कले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस