लभ यु हमेशा’ को गीत सार्वजनिक (भिडियाे)

काठमाडौं, १६ भदौ । लभ यु हमेशा’ फिल्मको ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनिक गरिएको छ। कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ ,(नोभेम्बर १) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन्। फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ। भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन्। धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौं र फिलिपिन्समा खिचिएको हो।

फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। शिव ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी र एनबी महर्जनको द्बन्द्ब निर्देशन छ। रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ। (भिडियो सहित)

 

प्रतिक्रिया दिनुहोस