काठमाडौं,१८ भदौ । नेपाली कामदार जापान जाने प्रक्रिया औपचारिक रुपमा खुलेको छ । जापान सरकारले ‘नर्सिङ केयर गिभर’ का रुपमा नेपाली कामदार लैजानका लागि परीक्षा मिति, नमुना प्रश्नपत्र, लागत र उत्तीर्ण अंकबारे जानकारी गराएको हो ।
जापानले फिलिपिन्सका कामदार लैजाने प्रक्रियाको परीक्षाफल प्रकाशन गरेपछि नेपाली कामदारको सीप तथा भाषा मूल्यांकन परीक्षाको मिति सार्वजनिक गरेको हो । फिलिपिनो कामदारका लागि लिएको ४ वटा परीक्षाको परीक्षाफल प्रकाशित भइसकेको छ ।
अब नेपाली कामदारका लागि प्रक्रिया सुरु गरिएको छ । जसअनुसार जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको हो ।
काठमाडौंमा लिइने परीक्षा तीन चरणमा हुनेछ । भाषा तथा सीप परीक्षाका लागि अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ तथा नोभेम्बरकै १२ देखि १४ सम्मको मिति तोकिएको छ ।
आवेदनका लागि कामदारले सब्स्क्रिप्सन फर्म भरेपछि क्षेत्रीय अध्यागमन विभागमा आवेदन दिन सक्नेछन् । यस्तो आवेदन अलाइनमार्फत् दिनुपर्नेछ ।
जहाँ कामदारले बसोबास स्ट्याटसका लागि योग्य बन्नका लागि नर्सिङ केयर क्षेत्रमा विदेशी सीप विशेषज्ञता हासिल गर्न अनुरोध गर्नुपर्नेछ । सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउने बताइएको छ ।
यस्तो आवेदन दिन नेपालमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गर्नुपर्नेछ ।
आवेदन दिने प्रक्रिया भनिए पनि नेपालमा कहाँ, कुन सेन्टरमार्फत् परीक्षा लिइन्छ भन्ने हालसम्म तय गरिएको छैन । यद्यपि परीक्षा मिति अझै परिवर्तन हुन सक्ने मन्त्रालयले वेबसाइटमा उल्लेख गरेको छ ।
नर्सिङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, दुईवटा परीक्षा पास गर्नुपर्ने जनाइएको छ । जापान सरकारका अनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । परीक्षाको उत्तीर्ण अंक ६० प्रतिशत हुनेछ ।
प्रश्नपत्रहरु
१० नर्सिङ केयर सीप मूल्यांकन परीक्षा
जान्नुपर्ने विषयः
खण्ड क– केयर गिभिङमा केयर गिभरको प्रतिष्ठा तथा स्वतन्त्रता, केयर गिभिङमा पेशागत नैतिकता, केयर सेवा, केयर गिभिङमा सुरक्षा तथा जोखिम व्यवस्थापन
खण्ड ख– शारीरिक प्रणालीको बुझाइ, केयर तथा आवश्यक व्यक्तिबारे बुझाइ
खण्ड ग– संवाद सीप, केयर रिसिभरसँग संवाद र सामूहिक संवाद
खण्ड घ– हिँडडुल, खानपिन, स्याहार, सरसफाइ, घरायसी कामलगायत लाइफस्टाइल सपोर्ट
परीक्षा समयः ६० मिनेट
प्रश्न संख्याः ४५ ९लिखित प्रश्न ४०, प्रयोगात्मक प्रश्न ५०
९खण्ड क– १० प्रश्न, खण्ड ख– ६ प्रश्न, खण्ड ग– ४ प्रश्न, खण्ड घ– २० प्रश्न०
शूल्कः १ हजार जापानी येन
नमुना प्रश्नपत्रका लागि यहाँ क्लिक गुर्नहोस् ।
२० नर्सिङ केयर गिभर जापानी भाषा मूल्यांकन परीक्षा
जान्नुपर्ने विषयः जापानी भाषा
परीक्षा समयः ३० मिनेट
प्रश्न संख्याः १५ ९केयरिङका प्राविधिक शब्दावली ः ५, केयरिङको संवादः ५, केयरिङको कागजातः ५०
शुल्कः १ हजार जापानी येन
नमुना प्रश्नपत्रका लागि यहाँ क्लिक गुर्नहोस् ।
परीक्षाको नतिजा एक महिनापछि लगइन पेजमा नोटिफिकेसनको रुपमा प्राप्त हुनेछ ।
नेपालले यसअघि जापान सरकारसँग कामदार पठाउने समझदारी गरिसकेको छ । जसअुसार कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत लगायतका १४ क्षेत्रमा कामदार लगिने छ ।
याद गर्नुहोस्, परीक्षामा उत्तीर्ण हुँदैमा जापान जाने अवसर पाइने होइन । कामदार योग्य हुनेमात्र हुन् ।