प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

काठमाडौं,२० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट नेपाल प्रस्थान गरेका छन्। उनी थाई एयरबाट थाइल्याण्डको बैंकक हुँदै नेपाल आउँदै छन्। प्रधानमन्त्री ओलीसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल स्वेदश फर्किंदैछन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मिर्गौलामा देखिएको ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस