एक १५ वर्षीया किशोरी माथि एसिड प्रहार

काठमाडौं,२० भदौ । वीरगञ्जमा कक्षा नौ मा अध्ययनरत एक १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिकास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा अध्ययरन किशोरीमाथि एसिड प्रहार भएको हो ।

पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरका अनुसार एसिड प्रहार गरेको आरोपमा सम्साद मिया पक्राउ परेका छन् । अर्का एकजना माजिद आलमको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस