सार्वजनिक मालिका कालिका यातायात प्रा.लिको समुद्घघाटन कार्यक्रम सम्पन्न

दाङ, २१ भदाै । दाङ तुलसीपुरमा सार्वजनिक मालिका कालिका यातायात प्रा.लिकाे आज उद्वघाटन कार्यक्रम समाराेह सम्पन्न भएकाे छ।

बि.एस पाटि प्यालेस दाङ तुलसीपुुुरमा एक कार्यक्रमकाेे आयाेेेजना गरि सार्वजनिक मालिका कालिका यातायात प्रा.लि उद्वघाटन भएकाे घाेषणा गरिएकाे हाे।

कार्यक्रममा तुलसीपुुुर उप-महानगरपालिका, ट्रफिक प्रहरी, यातायात ब्यवसायी, सवारी चालक,बुद्विजिबी, पत्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे।

कार्यक्रममा तुलसीपुुुर उपमहानगरपालिकाका कार्यसमिती सदस्य अमर नेपाली(माईकल), ट्राफिक कार्यालय तुलसीपुरका प्र.ना.नि.नन्द कुमार पोख्रेल, सार्वजनिक मालिका कालिका यातायात प्रा.लिका अध्यक्ष दिलिप बि.क, यातायात ब्यवसायी बिर बहादुर बि.क, दिलिप कुमार नेपाली लगायतले आआफनो मन्तव्य ब्यक्त गरेका थिए।

मिति २०७५।११।१३ गतेको बाट मालिका कालिका यातायात प्रा.लिको शाखा बिस्तार गरी उक्त शाखाबाट तिन पाङग्रे अटो सञ्चालन गर्दै आएको र अब उप्रान्त शाखा कार्यालयबाट सञ्चालन भईरहेका तिन पाङगे्र अटो सार्वजनिक मालिका कालिका यातायात प्रा.लिको प्रधान कार्यालय बाट सञ्चालन गरीने अध्यक्ष बि.कले जानकारी दिनुभयो साथै प्रा.लिले यातायात क्षेत्रमा यातायात ब्यवसायीको हक हितका निम्ती काम गर्ने उहाँले प्रतिबद्घता समेत जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस