दाङमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

दाङ ,२१ भदौ। तुलसीपुरमा ट्याक्टरको ठक्कर बाट एक बालकको ज्यान गएको छ । तुलसीपुर उ.म.न.पा.–०६ गौलौरा निवासी भरत बि.कको छोरा बर्ष १३ को अनिल बि.कको रा१त२६३१ नम्बरको ट्याक्टरको ठक्करबाट ज्यान गएको हो।
तुलसीप्र उ.म.न.पा.–०६ गौलौरा घरमा बसिरहेको बेला बेलुका ७ः०० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई तिब्र गतिमा आएको र मृत्कसंग ठोकिन गएको थियो ।
ट्याक्टरको ठक्कर बाट घाईते भएका अनिल बि.कको उपचारका क्रममा राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको होे।
ट्याक्टर चालक र रा१त२६३१ नम्बरको ट्याक्टर प्रहरी नियन्त्रण्मा रहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस