मेहलकुना बजारको एक घरमा आगलागी ;दश लाख बराबरको क्षती

सुर्खेत,२२ भदौ । । गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजारको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शनिवार विहान लागेको  आगो भेरीगंगा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो । मेहलकुनामा रहेको दिल बहादुर बि.सि को खाध्य पसलबाट एक्कासी आगो लागेको थियो । सो आगलागी दिल बहादुरको घरमा, राम बहादुर कामिको माछा पसल बाट खाना पकाउने क्रममा ग्यास लिक भइ आगलागि भएको इ.प्र.का छिन्चुले जानकारी दिएको छ । सो आगो नियन्त्रण गर्नका लागि प्रहरी चौकी मेहलकुना बाट १० जना,इ.प्र.का छिन्चुबाट २०जना,नेपाल सेनाको सबुज गण छिन्चुबाट १५ जना त्स्तै स्थानिय बासिन्दाको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।आगलागीबाट झण्डै दश लाखको क्षती भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस