राप्ती लाईफ केयर अस्पतालमा उपचार गरि रेफर गरिएका एक बालकको भारतको लखनउमा मृत्यु ः डाक्टरहरु कारबाहीको माग

दाङ, २९ भदौ। तुलसीपुरको राप्ती लाईफ केयर अस्पतालमा उपचार भई रेफर गरी लगिएका एक बालकको ज्यान गएको छ। जिल्ला सल्यान घर भई हाल तुलसीपुर–०५ बसपार्क डेरा लगि बस्ने अर्जुन परियारको छोरा बर्ष ४ को डिल्ली परियारको मिति२०७६।०५।२७ गते लखनउ स्थित भारतमा उपचारका क्रममा मृत्यु भएको हो ।
मिति२०७६।०५।२५गते बिहान बच्चाको पिसाब रोकिएपछि बच्चालाई राप्ती लाईफ केयर अस्पताल प्रा.लि तुलसीपुरमा लगिएको थियो। राप्ती लाईफ केयर अस्पतालमा उपचारका क्रममा ईन्जेक्सन लगाई बेहोश भएपछि नेपालगंज रेफर गरि कोहलपुर मेडिकल कलेजमा आई.सि.यु मा राखि मिति२०७६।०५।२६गते लखनउ पुर्याईएको थियो।
भारतको लखनउमा मिति२०७६।०५।२७ गते बिहान ५ः०० बजे बालकको मृत्यु भई फिर्ता ल्याईएको थियो। उक्त घटनालाई लिएर राप्ती लाईफ केयर अस्पतालमा आफन्तहरुले प्रर्दशन गरेका छन साथै उपचारमा डाक्टरको लापरबाहीका कारण ज्यान गएको र डाक्टरहरुलाई नियन्त्रणमा लगि अनुसन्धान गर्नुपर्ने माग राख्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा समेत प्रर्दशन गरेका छन ।

प्रतिक्रिया दिनुहोस