गाउँपालिकाको गाडिमा अज्ञात समूहको आगजनी

सल्यान,२९ भदौ । सिद्धकुमाख गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ ।गाउँपालिकाको कार्यालयमा पार्किङ्ग गरि राखिएको रा १ झ १७० नम्बरको गाडिमा अज्ञात समूहले शनिबारराति आगजनी गरेको हो ।कार्यालय अगाडि राखिएको टाटा कम्पनीको डबल क्याप गाडीमा शनिबार राती ११:४३ मा आगनजनी भएको ढोरचौर प्रहरीको भनाइ छ ।रातीको समय भएकाले स्थानीयवासी निन्द्रामा रहेको र आफुहरु गाडि जलेर ठुलो आवाजमा पड्किएपछि मात्रै थाहा पाएको प्रहरीले बताएको छ।स्थानियले थाहा पाए लगतै गाडिमा लागेको आगो नियन्त्रणमा लिएका थिए । आगो किन र कसले लगाएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस