३–४ महिनाको नबजात शिशुको शव मकैको बारीमा फालेको अवस्थामा फेला

दाङ,२९ भदौ। तुलसिपुर उपमाहानगरपालिका १९ डाँडा गाँउ स्थित ३–४ महिनाको नबजात शिशुको शव मकैको बारीमा फालेको अवस्थामा फेला परेको छ ।
२०७६।०५।२९ गते बेलुका ६ः०० बजेको समयमा स्थानियले बेवारिसे नवजात शिशुको शव मकैको बारीमा बेवारिसे अवस्थामा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नवजात शिशुको शव कस्ले फालेको हो भन्ने पत्ता लाग्न सकेको छैन । असुरक्षित सम्पर्क बाट गर्भ रहन गएको हुँदा गर्भधारण गरी फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस