शिवसेना नेपालले दाङको तुलसीपुरमा ११जनाको रिहाईको माग गर्दै बुहत र्यालीको आयोजना

दाङ, २असोज। दाङको तुलसीपुरमा शिवसेना नेपालले आज बृहत र्यालीको आयोजना गरेको छ। गत भदौ २७ गते ईन्द्रजात्रा पर्वका दिन शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत(बाबा)लगाएत ११ जनालाई सामान्य हिन्दुधर्म बचाउँ भन्ने नारा लगाउदै गर्दा काठमाण्डौको बसन्तपुर बाट बिना कारण पक्राउ गरेको र पक्राउ गरिएका ११ जनाको यथाशिग्र रिहाईको माग गर्दै शिवसेना नेपाल जिल्ला दाङले बृहत र्यालीको आयोजना गरेको हो ।
र्याली सिलतपुर चोक बाट सुरु भएको थियो भने बिरेन्द्र चोकमा र्याली कोणसभामा परिणत भएको थियो ।
शिवसेना नेपालका जिल्ला अध्यक्ष देबिराम भण्डारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा बरिष्ट उपाध्यक्ष अशिताम लामिक्षानेले गणतान्त्रिक सरकार डराएको र आत्तिएर बिना कारण राष्ट्र प्रेमी नेताहरुलाई प्रक्र्राउ गर्न लागेको बताउनुभयो।
कार्यक्रममा शिवसेना नेपालका जिल्ला सचिव बासुदेव भुषाल, युवा समिती सिवसेना नेपालका अध्यक्ष दामोदर सुबेद्घी, शिवसेना नेपालका जिल्ला बरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारीले रिहाईको माग गर्दै पक्षमा मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस