वक्तृत्तोकला प्रतियोगिता सञ्चालन गरी मनाइयो संबिधान दिवश

सल्यान,३ असोज ।सल्यान लगायत देशभर आज संबिधान दिवस मनाइएको छ ।गणतन्त्र नेपालको पहिलो र संबिधान सभाबाट पारीत भएको नेपालको उत्कृश्ट दिनको सम्झनामा आज बिबिध कार्यक्रम गरी देशभर संबिधान दिवस मनाइएको हो ।संबिधान दिवशको अवशरमा मूल समारोह समिति सल्यानको आयोजनामा वक्तृव्कला प्रतियोगिता आज सल्यानको बालमन्दिरमा संचलान गरिएको हो ।

शारदा नागरपालिका अन्तर्गतका ४ ओटा माध्यमिक बिध्यालयका आठ जना प्रतियोगी मध्यबाट त्रिभुवन जन मा.बि सल्यान प्रथम,श्री शिव मा. बि. मूल्डॉडा द्वित्तीय,श्री शिव जन मा.बि.तृतीय र महेन्द्र रत्न मा.बि.पिपलनेटा सांन्त्वोना भएका हुन ।शारदा नागरपालिका सल्यानका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि शारदा नागरपालिका प्रमुख सुरेश अधिकारी रहनुभएको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा शारदा नरपालिकाकि उपप्रमुख साबित्रा बस्नेत,शिक्षा अधिकृत लीलाधर बबाल,लक्षमी शर्मा लगायतका रहनुभएको कार्यक्रमको सञ्चालन शिक्षक बिरबहादुर सेजवालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस