मानव धर्म सेवा समिती तुलसीपुर आश्रमको आयोजनामा बिरामीहरुलाई फलफुल र अनाथ बालबालिकाहरुलाई पुस्तक बितरण कार्यक्रम

दाङ,४ असाेज। नेपाल मानव धर्म सेवा समिती शाखा आश्रम तुलसीपुर दाङको आयोजनामा राप्ती प्रादेशिक अस्पताल उपचार्थ बिरामीहरुलाई फलफुल र दिदिघर सिस्टर अनाथ आश्रम तुलसीपुरमा रहेका १०जना अनाथ बालबालिका लाई कपी तथा कलम बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सदगुरु श्री सतपाल जि महाराजको ६९औ जन्मोत्सव अवसरमा अस्पतालमा उपचार्थ रहेका करिब ५०जना बिरामीहरुलाई सिघ्र स्वास्थय लाभको कामना गर्दै फलफुल बितरण गरिएको थियो ।
यसै अवसरमा तुलसीपुरमा रहेको दिदिघर सिस्टर अनाथ आश्रमा रहेका ३ बालक र ७ बालिका गरि जम्मा १० जना बालबालिकालाई मानव धर्म सेवा समितीले कपी तथा कलम एक कार्यक्रम बिच हस्तानान्तरण गरेको हो ।

नेपाल मानव धर्म सेवा समितीले हिन्दु धर्म जोगाउनका निम्ती २०७२ सालदेखि स्थापना भई तुलसीपुरमा काम गरिरहेको नेपाल मानव धर्म सेवा समिती तुलसीपुर आश्रमका अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस