कृषि पेशाबाटै वार्षिक ६ लाख आम्दानी

सल्यान,८ असोज ।सल्यानका एक किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेका छन ।हाल उमेरले ३३ भएका उनि ५ वर्ष पहिले मलेसियामा काम गरेको तितो सत्य संम्झदै बिदेशको जस्तो मेहनत नेपालमै गर्यो भने राम्रै आम्दानी ह्ुने उनले बताए ।५ वर्ष पहिले आफु बिदेशमा रहदा चौबिस घण्टा सम्म पनि काम गरेको र आफ्नो कृषि फाराम्मा अहिले नियमित आठ घण्टा मात्रै काम गरेपनि आफु सन्तुष्ट रहेको उनको भनाई छ ।

शारदा नगरपालिका १५ का प्रेमबहादरु खड्काले बिदेशबाट फर्किए लगतै एस।एल।सी सकेर प्लस टुमा कृषि जेटिए पढेका हुन। २०७२ सालबाट सानो परिमाणमा खेति गर्दै आएका खड्काले राजेश पशु पंक्षी तथा कृषि फर्म नामक फर्म दर्ता गरेर व्यबसायीकरुपमा छिमेकिको ६ रोपनि जग्गा भाडामा र आफ्नो ५ रोपनि जग्गा गरी जम्मा ११ रोपनिमा टमाटर,सिमि,बोडि लगाएतका वर्षे बालीको खेति गरेका छन ।उनले खेति मात्रै गरेका छैनन् ३ ओटा भैसि र ३ ओटा जर्सि गाई समेत पालेर दुध समेत बिक्रि गर्दै आईरहेका छन ।

कृषि ज्ञान केन्द्र रुकुम पश्चिम सम्पर्क केन्द्र सल्यानको आ।व।२०७५/२०७६ को ६ लाख र आफ्नो १० लाख गरी जम्मा स्रोह लाखको लगानिमा तरकारी खेति गरेका हुन ।उनि भन्छन “अहिलेका युवाहरु प्ढेर जागीर खाने वा फरक पेशा गर्नुपर्छ भनेर बिदेशिने परिपाटि अत्याधिक बढेकोले आफु आफ्नै देशमा परिवार र छरछिमेकसंग रमाउन पाइने साथै आम्दानि पनि राम्रै हुनेभएकाले आफु आफ्नो पेशा प्रति विस्वस्थ र सन्तुष्ट भएको छु”।अब खेति सप्रिय वर्षिक ६ लाख सम्म आम्दानी गर्न सकिने उनको भनाई रहेको छ ।https://dailynewsbank.com/?p=758&preview=true

प्रतिक्रिया दिनुहोस