ज्ञानज्योतिका बिशाल बि.कले ल्याए अहिले सम्मकै उत्कृष्ट अंक

तुलसीपुर  ,०८ असोज। राष्ट्रिय परिक्षा बोर्डले असोज ७ गते मंगलबार सार्वजनिक गरेको कक्षा११ को परिक्षाको नतिजामा दाङ तुलसीपुमा रहेको ज्ञानज्योति सेकन्डरी स्कुलमा अध्यनरत बिशाल बि.कले व्यवस्थापन संकाय तर्फ उत्कृष्ट अंक ल्याएका छन।
बिशालले व्यवस्थापन संकायमा ३.८३ जिपिए ल्यार्ई अहिले सम्मकै उत्कृष्ट अंक ल्याएका हुन। बि.सं.२०६५ सालमा स्थापना भएको यस बिद्यालयले बिगतदेखि नै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको छ । हाल यस कलेजमा व्यवस्थापन, बिज्ञान, मानबिकी, कानुन र शिक्षा संकायमा अध्यापन गराउदै आएको कलेज प्रशासनले जानकारी दिएको छ ।

ज्ञान ज्योति कलेजले ल्याएको कक्षा ११को व्यवस्थापन संकाय तर्फको नतिजा यस बर्षकै प्रदेश नं.५ मै उत्कृष्ट रहेको कलेजले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस