दाङमा आफ्नै काका नाता पर्ने बाट एक नाबालिका बलात्कृत

दाङ, ०९ असोज। दाङको तुलसीपुरमा एक नाबालिका आफ्नै काका बाट बलात्कृत भएको घटना सार्वजनिक भएको छ । तुल्सीपुर उपमहानगरपलिका –१६ घर भएकी बर्ष ११की नाम परिवर्तित(५६तुल्सीपुर–०७६–२६)लाई आफ्नै काका नाता पर्ने तुलसीपुर उ.म.न.पा १७ मानपुर बस्ने बर्ष २१को अर्जुन बि.कले जवरजस्ती करणी गरेको खुलासा भएको हाे ।
गत असोज ४ गते १०ः०० बजे बाजेकाे  घरमा गएकी पिडितलाई घरमा कोही नभएको मौका छोपी आरोपितले ललाइ भकाइ गरी जवरजस्ती करणी  गरेको पिडितका आफन्तले बताएका छन । पिडितकाे बुधवार राप्ती प्रादेशिक अस्पततालमा स्वास्थय परिक्षण गरिएकाे छ ।

आरोपित अर्जुन बि.क नाममा असोज ८ गते पिडितका पक्षबाट किटानी जाहेरी आएपछी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा हाडनाता करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाईएको र आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरिहर  याेगीले बताउनु भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस