तुलसीपुरमा एक १८ बर्षीय युवतीले गरिन आत्महत्या

दाङ, १० असोज। दाङको तुलसीपुरमा एक युवतीले आत्महत्या गरेको छिन । दङगीसरण गा.पा–६ थपगाँउ घर भई तुलसीपुर ०९ बेलुवा रामनगर टोल स्थित ठाकुर प्रशाद अर्यालको घरमा कोठा भाडा लिई बस्ने रेशमा गिरी आफनै कोठामा झुण्डीएको अवस्थामा फेला परेकी छिन ।
रेशमा लिटिल हेभन कलेजमा व्यवस्थापन संकायकी छात्रा हुन भने उनकी दिदि बर्षा गिरी ब्युटीपार्लरको तालिम सिकिरहेकी छिन । दुबै बहिनी कोठा भाडामा बस्दै आएका थिए ।
रेशमाको आज परिक्षा रहेको र परिक्षा दिएर घर फर्किने रेशमाले आफनी दिदि बर्षा संग बताएकी थिईन तर त्यो नै रेशमाको अन्तिम बोली बन्यो । बर्षा ५ः०० बजे साँझ कामबाट फर्केको बेला बहिनी कोठामा मृत अवस्थामा झुण्डीरहेकी थिईन । रेशमाको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

रेशमाको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस