कुमाख राष्ट्रिय दैनिकको पहिलो वार्षिक उत्सव

सल्यान,१३ असोज ।सल्यानमा सञ्चालनमा आएको कुमाख राष्ट्रिय दैनिकले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ ।सल्यान उद्योग वाणिज्य संघ सल्यानको हलमा पत्रिकाले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको हो । सल्यान क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतको प्रमुख आतित्यथा रहेको कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्ट,अन्य अतिथिहरुमा पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक शर्मा,क्षत्रेश्वरी गाउँपालीकाका अध्यक्ष सन्तोष के.सी,शिद्ध कुमाख गाउँपालीकाका अध्यक्ष चित्रबहादुर चलाउने,नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारी,समाजबादी पार्टि नेपाल, सल्यानका सन्तोष कुमार राई,प्रहरी नयब उपरीक्षक ठकेन्द्र खतिवडा लगाएतका रहेका थिए ।

वार्षिक उत्सवमा बोल्ने बक्ताहरुले पत्रकार राष्ट्रको चौथो अङ भएकाले जनताको पक्षमा रहेर निष्पक्ष र तटस्थ रुपमा कलम चलाउन आग्रह गरेका थिए ।पत्रकारीता गर्दा कसैको पक्ष र बिपक्ष भन्दा पनि स्वतन्त्ररुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए ।पत्रकारले पनि आफ्नो मर्यादा भित्र रहेर पत्रकार आचार संहिताको पालना गरे पत्रकार पेशा सम्मान जनक रहेकोले कसैले पनि कुरा नकाट्ने गरी पत्रकारीता गर्न बोल्ने वक्ताहरुको जोड थियो ।

२०७४ देखि साप्ताहिक पत्रिकाकोरुमा सञ्चालन भएको पत्रिका २०७५ देखि सल्यानको श्रीनगरबाट राष्ट्रिय दैनिकको रुपमा सञ्चाल हुदै आएको छ । हाल पत्रिकाका अहिले ४०० सयको हाराहारीमा ग्राहक रहेका बताईएको छ ।कुमाख राष्ट्रिय दैनिकका सह सम्पादक नोखिराम थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता पत्रिकाका सम्पादक तथा प्रकाशक गोबिन्द शर्माले गरेका थिए । https://dailynewsbank.com/?p=823&preview=true

प्रतिक्रिया दिनुहोस