टिपर दुर्घटना परी १ को मृत्यु ३ घाइते

सल्यान,१४ असोज ।सल्यानमा आज एक जनाको टिपर दुर्घटनामा परी मृत्यु भएको छ ।बा.३.ख २३६५ नम्बरको टिप्पर दिउसो १ बजे तिर दुर्घटना भएको हो ।खलंगा सल्लीबजार सडकखण्ड अन्तर्गत शारदा नागरपालिका कार्यालय नजिकैको बाटोमा रोकिराखेको टिपर दुर्घटना भएको हो ।सडक कालो पत्रे गर्दै गरेको टिपर केहिबेर रोकेर ड्राईवर झरेकोबेला पानीको बोत्तल गाडी भित्रबाट निकाल्ने क्रममा हैण्ड ब्रकेमा छोइदा टिपर ब्याक भई सडक देखि नागरपालिका जाने बाटोमा पलटीएको हो ।

टिपर पल्टिदा साबिकको शारदा नागरपालिका ८ मार्के निवाशी ३५ वर्षिया रामकली बि.क.को घटना स्थलमै टिपरले च्यापेर मृत्यु भएको हो भने,घाइते हुनेहरुमा प्रसा जिल्ला लखनपुर ९ का वर्ष २२ का शेषनाथ शाही,शोही जिल्ला जगन्नाथपुर ५ का वर्ष ३७ का शंकर चौधरी र शोही ठाउकै वर्ष ४० का मोहिधन मुखिया रहेका छन ।घाइते हुनेहरुमा तिनै जना बाटोमा काम गर्नेहरु रहेको बताइएको छ ।घाइतेहरुको उपचार जिल्ला अस्पताल सल्यानमा भईरहेको छ भने मृतकको सब पोस्टमार्टमकोलागी जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस