छिन्चु महिला साना किसान सहकारीको आठौ साधारण सभा सम्पन्न

सुर्खेत,१९ असोज ।छिन्चु महिला साना किसान कृषि सहकारी संस्था को आठौ बार्षिक साधारण सभा गत सुक्रबार सम्पन्न भएको छ ।उमा कुमारी गौतम को अध्यक्षता मा सुरु भएको सो कार्यक्रमको प्रमुख आतिथ्यता सुर्खेत जिल्ला क्षेत्र न.१ का संघिय सांसद माननीय धुर्ब कुमार शाहीले गर्नु भएको थियो ।

त्यस्तै अन्य अतिथि हरुमा नेप्स्कुन का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक यज्ञ प्रसाद ढकाल ,ज्ञानेन्द्र वली ,र स्थानिय संघ संस्थाका प्रतिनिधि ,र कार्यासमिति का सदस्य सेयर सदस्य का बीच संस्थाको आर्थिक ,अनुमानित ,बार्षिकप्रगति प्रतिबेदन प्रस्तुत गरियको थियो ।कुल सात करोड छत्तिस लाख पच्चीस हजार पाच सय को अनुमानित आए व्यय प्रस्तुत गरियको थियो ।

आठौ साधारण सभालाई शुभकामना दिदै प्रमुख अतिथि धुर्बकुमार शाही ले सहकारी अब जनजनको हित हुने गरि लाग्नु पर्ने र रोजगारी मुलक हुनु पर्ने भन्दै यस सहकारी संस्थाको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सुभकामना ब्यक्त गर्दै नेप्स्कुन का केन्द्रिय सदस्य यज्ञ प्रसाद ढकाल ले सहकारी संस्था हरुका सिध्दान्त ,बिकास ,र नियमावाली का काम कर्तब्य र आगामी दिनमा संस्था भित्रका गतिबिधि संचालक समिति र सेयर सदस्य हरुले गर्नु पर्ने कामको बिषय मा चर्चा गर्नु भएको थियो ।

त्यस्तै ४ समुहका ६ जना कृषक र बालबालिकालाई पनि सम्मान गरियको थियो ।आउदो बर्ष मा यस संस्थाले कृषि संग्कलन केन्द्र ,दुग्धजन्य ,मत्सय पालन ,तरकारी खेति ,बिउ बिजन केन्द्र संचालन गर्ने योजना पनि पास गरेको छ भन्दै अझै यो बर्ष भन्दा अर्को बर्ष संस्थालाई बिकाश गर्नुको विकल्प नरहेको बताउनुहुन्छ एस संस्थाका सचिब पंचकला रावत ।

उहा भन्नु हुन्छ स्थानिय सरकार का जनप्रतिनिधिको यस संस्था प्रति त्यति ध्यान जान नसकेको गुनासो पोख्नु भएको छ ।

सहकारी संस्थालाई उत्कृस्ट तहमा पुर्याउने समिताका सदस्य ,समुहका सदस्य बचतकर्ता हरुलाई पनि सम्मान गरेको छ ।सम्मान पाउने कार्यासमिति सदस्य भेरिगंगा १२ निवासी चन्द्रा खड्कालाई उत्कृस्ट सदस्यको सम्मान माननीय धुर्ब कुमार शाहीको हात बाट गरियको थियो । । कार्यक्रम को संचालन तथा ब्यबस्थापन पंचकला रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस