झण्डै २लाख नगद सहित ७ जुवाडे सामुदायिक वन बाट पक्राउ

सुर्खेत,२१ असोज । सुर्खेतको भेरिगङ्गा नगरपालिका १३ सत्तरी को काठेघारी सामुदायिक बनबाट आज दिउसो लगभग ४ बजे तिर इलाका प्रहरी कार्यालय छिन्चुले ७ जना जुवाडे प्रकाउ गरेको छ ।

जुवा खेल्ने ठाउबाट १ लाख ९१ हजार ४ सय ९५ रुपैया समेत फेला परेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

पक्राउ पर्नेमा बिरेन्द्रनगर नगरपालिका ६ का सन्दिप श्रेस्ठ, बि.न.पा १० का धिरज अधिकारी, बि.न.पा ११ का चिरञ्जीवी वलि, भेरिगङ्गा न.पा ११ का कर्ण बहादुर चन्द, भेरिगङ्गा न.पा १२ का दिपक थापा, भेरिगङ्गा २ का दिपक वलि र भेरिगङ्गा ४ का भानु खड्का रहेको ईलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिनुभयो ।

उनीहरुलाई फौजदारी अपराध संहिताको परिछेच्द ५ को दफा १२५ बमोजिम पहिलो पटकको हकमा तीन महिना कैदसहित ३० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको इन्चार्ज चौलागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस