नगरपालिकाको सहयोगमा सडक मर्मत:खदाङ्ग देखि गोतामकोट सम्म यातायात सुचारू

डोल्पा,२ कार्तिक ।डोल्पाको त्रिपुरा सुन्दरी नागरपालिकाको आर्थिक सहयोगमा जाजर्कोट डोल्पा सडक खण्ड अन्तर्गत डोल्पाको खदाङ्ग देखि रुकुमको दमाचौर सम्मको बाटो मर्मत गरिएको छ ।बाटो मर्मत गरेपछी यात्रुहरुले महिनौ देखि भोग्दै आएको सास्ति भुलेका छन ।गत जेठको अन्तिम साता आएको खरब खाडको खोलाले बाटो भत्काउदा यात्रुहरुले आफ्नो सामान ल्याउन दुःख भोग्नु परेको थियो ।खोलाका कारण गाडी बदल्नु पर्ने र आधाबाटो सामन बोक्ने झन्झटबाट आक्रान्त जन्ता सडक सुचारू भएपछि चाडपर्वको बेला आफुलाइ सजिलो भएको बताउँछन।वर्षाका कारण भत्किएको सडक सुचारू हुदा अब यात्रुहरु सोझै डोल्पाको खदाङ्ग देखि रुकुमको गोतामकोट दमाचौर सम्म सहज यात्रा गरनपाउने छन ।

प्रतिक्रिया दिनुहोस