मिस्टर नेपालकाे धनगढी अडिसन कार्तिक २५गते

कैलाली, २ कार्तिक ।  एक्सपाेज नेपालकाे अायाेजनामा हरेक बर्ष हुने गरेकाे मिस्टर नेपालकाे अडिसन यस बर्ष पहिलाे पटक प्रदेश नं.७काे राजधानी धनगढीमा हुनेभएकाे छ।

एक्सपाेज नेपालकाे अायाेजनामा अाज धनगढीमा पत्रकार  सम्मेलन गरि  कार्तिक २५ गतेे हुने धनगढी अडिसनकाे जानकारी दिईएकाे  हाे।

कार्तिक २३ गते देखि सुरु हुने मिस्टर नेपाल अडिसनमा १७बर्ष देखि ३२बर्ष   सम्मका युवाहरुले सहभागिता जनाउन  पाउनेछन ।   मिस्टर   नेेेपाल बिजेता र उप-बिजेता विभिन्न ईन्टरनेस्नल ईभेन्टहरुमा   सहभागी हुन पाउने छन।

यसअघि भएकाे २०१८ काे मिस्टर नेपालमा घनगढीका जिवन रेग्मी मिस्टर नेेेेपालका एसएमएस स्टार हुन सफल हुनुभएकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस