शुभकामना अादानप्रदान तथा खुला रचना बाचन कार्यक्रम

सल्यान,३कार्तिक ।सल्यान कला साहित्य परिषद सल्यानले आज एक कार्यक्रमका बिच शुभकामना आदान प्रदान तथा खुल्ला रचना बाचन गरेको छ ।परिषदका अध्यक्ष भरत रोकायको अध्यक्षता रहेको कार्यक्रम स्ल्यानको श्रीनगरमा रहेको यूनाइटेड होटेलको हलमा संचलान गरिएको हो। कार्यक्रममा डॉक्टर कृष्णराज डि. सी र कबि केशवराज देवकोटाले ७\ ओटा एकल कबिता बाचन गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा कबिहरुले आफ्ना कबिता मार्फत आमा तिम्रो छाति भित्र पीडा छ की छैन?,स्वदेसगान,शहीद सँगको जिज्ञाशा,बिकासका कुरा,देशभक्त हराए जस्ता कबिताहरु बाचन गर्दा दर्शकहरु मन्त्रमुग्ध  भएका थिए।

कार्यक्रममा अन्य दर्जन बढी श्रस्ठाहरुले समेत आफ्ना रचना बाचन गरेका थिए ।शारदा नगरपालिकाकि उपप्रमुख साबित्रा बस्नेतको प्रमुख अतित्यथा रहेको कार्यक्रममा बिषिस्ट अतिथि दार्मा गाउपालिकाका प्रमुख निम बहादुर के. सी अन्य अतिथिहरुमा राप्ति साहित्य परिषद सल्यानका प्रबीन भण्डारी,बागचौर नगर साहित्य परिषदका अध्यक्ष इन्द्र भण्डारी,पत्रकार महासंघ सल्यान साखाका प्रतीक शर्मा लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको हो।कार्यक्रममा बोल्दै अतिथिहरुले साहित्य समाज परिवर्तनको सम्बहाक भएको र हरेक परिवर्तनको शक्ति साहित्यमा भएकोले साहित्यलाई नबिर्शन र जोगाइराखन जोड दिनुपर्ने बताएका थिए ।सचिब शिबराज बि.सि शिखरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचलान तरादेव शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस