शनीले मागे छिमेकी जिल्ला सल्यान बाट भोट

सल्यान,४ कार्तिक । नेपालको पहिलो लोकस्टार बन्न ४ फाइनलिष्टहरु भोट माग्न आ-आफ्नो ग्रिहक्षेत्रमा जुटिरहेका छन् । यसैक्रममा बिजेताको दाबेदार मानिएका शनि बिश्वकर्मा आफ्नो ग्रिह जिल्ला रोल्पा लगाएतका छिमेकी जिल्ला दाङ,सल्यान पुगेर भोट मागिरहेका छन् ।

गृहजिल्लाको भ्रमण सकेर शनि कर्णाली प्रदेशको सल्यान जिल्लामा आइतबार आएका हुन । उनि आइतबार सल्यानको श्रीनगरमा मध्यान १२ बजे आउने भने पनि अपराह्न ४ बजे पछीमात्र सल्यान आईपुगेका हुन ।

शनि जिताउ अभियानलाई साथ दिन सल्यान स्थित केहि पत्रकार, शुभचिन्तक एव अधिकारकर्मीहरुको आग्रहमा शनि सल्यान आएका हुन ।
शनिका शुभचिन्तक राती ७ बजे सम्म श्रीनगर बजारमा उनको गितहरुमा रमाई रहेका थिए ।शनि श्रीनगर आएपछि श्रीनगर बजार परिक्रमा गरी भोटको अपील गरेका हुन ।शनिलाई जिताउ भन्दै शुक्रबार देखिनै सल्यानका युवाहरु स्वतस्फूर्त श्रीनगर बजारमा भोट माग्दै हिडेका थिए । उनिहरुले शनिको प्रतिभा समग्र मध्यपश्चिम क्षेत्रको शान भएको भन्दै छिमेकी जिल्लाले गर्न सकिने सहयोग गर्नुपर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस