तुलसीपुरको गणेशपुर पार्कमा पिकनिक मनाउन आउनेहरुको संख्यामा बृद्घि

दाङ, १६ कार्तिक । तुलसीपुरमा रहेको गणेशपुर पार्कको नामबाट चिनिने राप्ती शान्ति उधान अहिले पिकनिक मनाउनका लागि आउनेहरुको केन्द्रबिन्दु बनेको छ ।
दशै तिहार सकिएपछि जाडोयामको सुरुवात भएसंगै गणेशपुर पार्कमा पिकनिक मनाउन आउनेहरुको घुईचो देख्न पाईन्छ । देउसीभैलो कार्यक्रम खेलेर होस, साथीभाई जमघट भएर होस या घरपरिवारहरु संग आजभोलि दिनहु जसो पार्कमा निकै भिडभाड हुने गरेको पाईन्छ ।िदिनहु हजारौको संख्यामा आन्तरिक तथा बाहिए पर्यटकहरु पार्कको अवलोकन गर्न आउने गरेका छन ।
बोटानिकल गार्डन, चिडियाखानाका जनावरहरु, पिकनिक स्पोर्ट र बच्चाहरुका लागि चिल्र्डेन पार्क नै गणेशपुर पार्कका मुख्य आर्कषण रहेको पार्क ब्यवस्थापन समितीले जनाएको छ ।
अन्य बर्षको तुलनामा यस बर्ष पिकनिक मनाउन आउनेहरुको संख्यामा निकै बृद्घी भएको राप्ती शान्ति उधान पार्कका अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो ।

फोटो फिचर

फोटो फिचर

प्रतिक्रिया दिनुहोस